२०८२ मंसिर ११ गते बिहिवार
काठमाडौं । माइतीघर मण्डलामा जेनजी युवाहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।
जेनजी आन्दोलनपछि बनेको सरकारले पनि आफ्ना मागहरू सम्बोधन गर्न नसकेको भन्दै उनीहरूले माइतीघरमा उभिएर ब्यानरसहित प्रदर्शनमा उत्रिएका हुन्।
उनीहरूले ‘सुशीलाको पाराले, दुस्ख पाए साराले’, ‘सम्पूर्ण जेनजी पुस्ता एक हौं,’ ‘ जेनजीको आडमा चुरीफुरी, सुशिला सरकार कुरीकुरी, ‘ओलीको खेलमा, सुशिलाको झेलमा, जेनजी सबै जेलमा’ लगायतका नारा बनाएका पम्प्लेट जीएमा टाँसेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij