Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा देउवा, मन्त्री छान्न नेकपा (एस)को स्थायी कमिटी बैठक सुरू

आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा देउवा, मन्त्री छान्न नेकपा (एस)को स्थायी कमिटी बैठक सुरू


  • 5.2K
    Shares

    आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा देउवा, मन्त्री छान्न नेकपा (एस)को स्थायी कमिटी बैठक सुरू
    images

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सकेसम्म आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । यसको लागि उनले सरकारमा सहभागी हुने दलका नेताहरुलाई मन्त्रीको नाम दिन भनिसकेका छन् । माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम हिजै टुँगो लगाएको छ ।

    माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशि श्रेष्ठ, महेश्वर गहतराज र बोद्यमायाकुमारी यादवको नाम सिफारिश गरिएको छ । उता, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले भने मन्त्री छनौट गर्न सकेको छैन् । त्यसको लागि अहिले स्थायी कमिटी बैठक बसिरहेको छ ।

    नयाँ बानेश्वरमा सुरु भएको स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुँगो लगाउने बुझिएको छ । नेकपा (एकीकृत समाजवादी)बाट विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भनिएको छ । त्यस्तै, रामकुमारी झाँक्री, प्रेम आले, मेटमणि चौधरी र किसान श्रेष्ठको नाम मन्त्री बन्ने चर्चामा छ । 

    प्रकाशित मिति :आश्विन २१ २०७८ बिहिवार - १३:१३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij