Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

३३ किलो सुन प्रकरण : मुख्य अभियुक्त गोरेसहित ६ जनालाई जन्म कैदको सजाय, अन्यले पाए सफाइ

३३ किलो सुन प्रकरण : मुख्य अभियुक्त गोरेसहित ६ जनालाई जन्म कैदको सजाय, अन्यले पाए सफाइ


  • 6.5K
    Shares

    ३३ किलो सुन प्रकरण : मुख्य अभियुक्त गोरेसहित ६ जनालाई जन्म कैदको सजाय, अन्यले पाए सफाइ
    images

    काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणसहितको मुद्दामा संलग्न रहेका चुडामणि उप्रेती (गोरे)लाई जन्मकैदको सजाय सुनाइएको छ ।

    मंगलबार जिल्ला अदालत मोरङले मोरङका सनम शाक्यको हत्यामा समेत संलग्न रहेका गोरेलाई जन्मकैदको सजाय सुनाएको हो ।त्यसैगरी शाक्यको हत्यामा संलग्न ८ जना दोषी ठहर भएको अन्य सबैले सफाइ पाएका छन् ।

    उक्त हत्यामा संलग्न रहेका २१ जनाको मुद्दा भने मुल्तबीमा राखिएको मोरङ अदालतले जनाएको छ । शाक्यको हत्या प्रकरणमा जन्मकैद पाउनेमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी छन् ।

    २०७४ साल मागमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुवई हुँदै ३३ केजी सुन अवैध रुपमा नेपाल भित्र्याइएको थियो । सोही क्रममा भरियाको रुपमा रहेका शाक्यको हत्या भएको थियो । त्यसबेला राजनीतिक दलका ठूला नेतादेखि प्रहरीसम्मको संलग्नतामा सुन लुकाइएको आरोप रहेको थियो ।

    प्रकाशित मिति :आश्विन १९ २०७८ मंगलवार - १६:१६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij