Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आइईएमआइएसमा विवरण अद्यावधिक नगर्ने विद्यालयको सूची सार्वजनिक (नामावलीसहित)

आइईएमआइएसमा विवरण अद्यावधिक नगर्ने विद्यालयको सूची सार्वजनिक (नामावलीसहित)


  • 13.9K
    Shares

    आइईएमआइएसमा विवरण अद्यावधिक नगर्ने विद्यालयको सूची सार्वजनिक (नामावलीसहित)

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) अद्यावधिक नगर्ने विद्यालयको सूची सार्वजनिक गरेको छ ।

    केन्द्रले सबै विद्यालयलाई आइईएमआइएस अद्यावधिक गर्न पटक पटक सूचित गर्दै आए पनि विद्यालयले अद्यावधिक नगरेपछि विद्यालयको नामावली सार्वजनिक गरेको हो ।

    केन्द्रमा विद्यालयले विवरण पठाउन नसकेकाले विवरण अद्यावधिक गर्न बाँकी रहेका विद्यालयलाई सहजीकरण गर्न सबै स्थानीय तहलाई निर्देशनसमेत दिइएको छ ।

    साथै निर्धारित समयभित्र विवरण अद्यावधिक नगर्ने विद्यालयहरुको विवरण योजना तथा बजेट निर्माण प्रक्रियामा समावेश गर्न नसकिने र यसबाट विद्यालयले प्राप्त गर्ने अनुदान वा सुविधाबाट विद्यालय र छात्रवृत्तिलगायतका सेवा सुविधाबाट विद्यार्थी वञ्चित हुन गएको अवस्थामा सोको जिम्मेवार सम्बन्धित विद्यालयको प्रधानाध्यापक हुने चेतावनी सूचनामा दिइएको छ ।

    आवश्यक समन्वय एवम् सहजीकरण गर्न केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ । सार्वजनिक भएका विद्यालय बाहेक अन्य विद्यालय सञ्चालनमा भए नभएको विवरण पेस गर्न केन्द्रले सबै स्थानीय तहलाई सूचित गरेको छ ।

    प्रकाशित मिति :आश्विन १९ २०७८ मंगलवार - १३:१३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij