Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

भक्तपुरमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक गम्भीर घाइते

भक्तपुरमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक गम्भीर घाइते


  • 5.8K
    Shares

    भक्तपुरमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक गम्भीर घाइते
    images

    काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३, कौशलटारमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।

    ना३२प ६६ ७३ नम्बरको मोटरसाइकल गए राति करिब साढे ११ बजे कौशलटारनजिकै आफैँ अनियन्त्रित भई रेलिङमा ठोक्किँदा मोटरसाइकल चालक पर्साको हरिनाथगन्जका ३० वर्षीय लोकनाथ ठाकुरको मृत्यु भएको हो ।

    दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पर्साकै वीरगन्जका नेपाल प्रहरीमा कार्यरत सियाराम सिंह गम्भीर घाइते भएका छन् । उनको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको र मोटरसाइकल नियन्त्रणमा रहेको महानगरीय प्रहरी प्रभाग बालकोटले जनाएको छ ।

     

    प्रकाशित मिति :आश्विन १९ २०७८ मंगलवार - १०:३८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij