Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

दशैं अघि तलब नदिए इसीडी शिक्षक र विद्यालय कर्मचारीले आगो बाल्ने

दशैं अघि तलब नदिए इसीडी शिक्षक र विद्यालय कर्मचारीले आगो बाल्ने


  • 15.4K
    Shares

    दशैं अघि तलब नदिए इसीडी शिक्षक र विद्यालय कर्मचारीले आगो बाल्ने

    सरकारले तोकेबमोजिम प्रारम्भिक बालविकास सहकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीले तलब पाएका छैनन् । स्थानीय तहले तलब निकासा नगरेको भन्दै देशभरका शिक्षक र कर्मचारीहरूले आन्दोलन चर्काएका छन् । सरकारले गत जेठ १५ गते घोषणा गरेको इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबसम्बन्धी व्यवस्था स्थानीय तहले बेवास्ता गरेपछि उनीहरूले आन्दोलन चर्काएका हुन् ।

    इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई संघीय सरकारले मासिक ८ हजार र स्थानीय सरकारबाट ७ हजार थप गरी १५ हजार दिने घोषणा गरेको भए पनि स्थानीय पालिकाले बेवास्ता गरेको गुनासो उनीहरूको छ । देशका विभिन्न भागमा भइरहेको आन्दोलन अहिले मेलम्चीमा पनि देखिएको छ ।

    मेलम्ची नगरपालिकास्तरीय इसीडी शिक्षक र विद्यालय कर्मचारीहरू आफूहरूको माग यथाशीघ्र सम्बोधन हुनुपर्ने भन्दै आन्दोलित भएका हुन् । यसअघि आइतबार नगरपालिका पुगी विद्यालय कर्मचारी संगठनका जिल्ला अध्यक्ष मनोरथ दुलाल, इसीडी शिक्षक र विद्यालय कर्मचारी संगठन मेलम्ची नगरपालिका अध्यक्ष अप्सरा तिवारी र कर्मचारीहरूले उपप्रमुख भगवती नेपाल र शिक्षा शाखामा ज्ञापनपत्र बुझाएका थिए ।

    उक्त विरोध कार्यक्रममा मेलम्ची-८ जलवाईदेवि बाल विकास केन्द्रकी इसीडी शिक्षक देवी गिरिले पटक-पटक नगरपालिकालाई जानकारी गराउँदा पनि नगरले चासो नदिएको गुनासो गरिन् । विद्यालयले पनि कार्यालय सहयोगीहरूलाई हेप्ने गरेको उनको दुखेसो छ । बिदाको दिन, शनिवार र दिनरात नभनी काम गर्दा पनि विद्यालय समितिबाट अपमानित हुनुपरेको शिक्षक तथा कर्मचारीहरूले गुनासो गरेका छन् ।

    दसैँअघि पारिश्रमिक आउँदा आफ्नो तलब थप भएर आउनुपर्ने शिक्षक तथा कर्मचारीको माग छ । स्थानीय सरकार आएको ४ वर्ष बितिसक्दा पनि आफ्नो समस्या जस्ताको तस्तै रहेको भन्दै माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् ।

    प्रकाशित मिति :आश्विन १८ २०७८ सोमवार - १६:२८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij