२०८२ भाद्र २ गते सोमवार
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाईलाई विनियोजन अध्यादेश, २०७८ अनुसार आर्थिक वर्ष २०७८–०७९ को बजेट कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
केन्द्रले विभिन्न उपशीर्षकहरूमा छुट्टयाइएको रकमको प्रचलित कानुन बमोजिम खर्च गर्ने गराउने, लेखा राख्ने, प्रतिवेदन गर्ने र लेखापरीक्षण गर्न गराउन निर्देशन दिएको हो ।
केन्द्रका कार्यवाहक महानिर्देशक केशवप्रसाद दाहालले एकाइलाई निर्देशन दिँदै खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न समग्र वित्त अनुशासन कायम गर्ने निकासा, खर्च र नियन्त्रण लगायत वित्तीय उत्तरदायित्व कायम गर्न विनियोजन अध्यादेश, २०७८,को कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
वार्षिक स्वीकृत कार्यक्रमका लागि विनियोजित बजेट माघ मसान्तसम्म खर्च हुन नसक्ने भएमा त्यस्तो रकम २०७८ चैत्र १५ गतेभित्र अनिवार्य रूपमा फिर्ता गर्नुपर्ने, विनियोजन ऐन, २०७८ को दफा ५ (१) बमोजिम नेपाल सरकारको कुनै निकायबाट कार्यान्वयन हुने गरी विनियोजन भएको कुनै योजना वा कार्यक्रम प्रदेश तथा स्थानीय तहमार्फत कार्यान्वयन गर्नुपर्ने भएमा सम्बन्धित प्रदेश तथा स्थानीय तहबाट कार्यक्रम कार्यान्वयन गर्ने व्यवस्था मिलाउनुपर्ने निर्देशनमा उल्लेख छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij