Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

११ जिल्लाका सीडीओको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

११ जिल्लाका सीडीओको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


  • 6.7K
    Shares

    ११ जिल्लाका सीडीओको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
    images

    काठमाडौं । गृह मन्त्रालयले थप ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले शुक्रबार नै ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको भए पनि अझै सरुवाको सूची सार्वजनिक भएको छैन् ।

    मन्त्रालय स्रोतका अनुसार मन्त्रायमा केहि दिन देखि फाजिलमा रहेका सहसचिव जयनारायण आचार्यलाई कास्किको प्रमुख जिल्ला अधिकारीका पठाइएको छ । कास्कीमा प्रमुख जिल्ला अधिकारी रहेका थानेश्वर गौतमलाई सात महिना पनि नपुग्दै त्यहाँबाट सरुवा गरिएको छ ।

    यस्तै गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाको प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव कमलराज ढकाललाई भोजपुरको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ । मन्त्रालयमा फाजिलमा रहेका सहसचिव डा। भिष्मकुमार भुसालाई उक्त महाशाखाको जिम्मेवारी दिने मन्त्रालयको तयारी छ ।

    यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुशील बैद्यलाई लमजुङको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ । महोत्तरीको प्रमुख जिल्ला अधिकारीमा वासुदेव दाहाल, डोटीमा शंकरबहादुर विष्ट, डडेल्धुरामा मोहनराज जोशी, रसुवामा नवराज जैसी, म्याग्दीमा चिरञ्जिजी राना, मुगुमा रोमबहादुर महत, तेह्रथुममा अनुज घिमिरे तथा मनाङमा रविन्द्र आचार्यको सरुवा भएको छ ।

    कतिपय प्रमुख जिल्ला अधिकारीले जिम्मेवारी सम्हालेको एक वर्ष वितिसक्दा समेत सरुवा नभइरहेको अवस्थामा कतिपय प्रमुख जिल्ला अधिकारीलाई भने ६ महिना नपुग्दै पनि सरुवा गरिएको छ । यसबाट लामो समयदेखि सरुवा नभएका र तत्काल सरुवा भएका कर्मचारी असन्तुष्ट देखिएका छन् ।

    मन्त्रालयमा अझै पाँच सहसचिव फाजिलमा
    ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गर्दा र मन्त्रालयमा रहेका केहि सहसचिवको व्यवस्थापन गरिए पनि अझै ५ जना सहसचिव भने गृह मन्त्रालयमा फाजिलमा रहेका छन् ।

    जसमा मन्त्रालयमा सरुवा भएर आएका सहसचिव कोषहरी निरौला, ढुन्डीराज निरौला, विपीन आचार्य, रमेश ढकाल र पुष्पराज शाही रहेका छन् । सूची सार्वजनिक हुने बेलासम्म उनीहरुलाई पनि कुनै न कुनै निकायमा व्यवस्थापन गरिने अनुमान गरिएको छ ।

    प्रकाशित मिति :आश्विन १७ २०७८ आइतवार - १२:४९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij