Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आईओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

आईओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची


  • 3.7K
    Shares

    आईओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची
    images

    काठमाडौं । नेपाल आयल निगम (एनओसी)लाई पेट्रोलियम पदार्थको व्यापारमा मासिक ३ अर्ब रुपैयाँ घाटा हुन थालेको छ । भारतीय आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार निगमलाई मासिक ३ अर्ब घाटा हुने भएको हो ।

    आईओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्यसूची पठाउँदै आएको छ । जसअनुसार अक्टोबर १ मा मूल्यसूची पठाइसकेको छ । आईओसीले पठाएको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १३९ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १२० रुपैयाँ हुन आउँछ ।

    हाल पेट्रोलको प्रतिलिटर मूल्य १३० र डिजेलरपेट्रोलको मूल्य ११३ रुपैयाँ छ । आईओसीबाट नयाँ मूल्यसूची आएको दुई दिनसम्म निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छैन । 

    नयाँ मूल्यसूची आएपछि निगमलाई मासिक प्रतिलिटर पेट्रोलमा १८, डिजेलमा १४ र एलपी ग्याँसमा प्रतिसिलिन्डर १०२२ रुपैयाँ घाटा हुन्छ । जसअनुसार, निगमलाई एक महिनामा एक अर्ब ५१ करोड ४० लाख रुपैयाँ घाटा हुने प्रक्षेपण छ ।

    यसका साथै, डिजेलमा १ अर्ब ८ करोड रुपैयाँ र पेट्रोलमा ४९ करोड ५६ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण निगमले गरेको छ । पेट्रोल, डिजेल र एलपी ग्याँसमा मासिक ३ अर्ब ८ करोड रुपैयाँभन्दा बढी घाटा हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

    यसअघि, सेप्टेम्बर १६ मा आईओसीले पठाएको मूल्य सूचीअनुसार निगमलाई मासिक २ अर्ब १६ करोड रुपैयाँ घाटा थियो ।

    प्रकाशित मिति :आश्विन १७ २०७८ आइतवार - ११:२६:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij