Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

कोरोना अपडेट : ८९८ कोरोना संक्रमित थपिए, थप १३ जनाको मृत्यु

कोरोना अपडेट : ८९८ कोरोना संक्रमित थपिए, थप १३ जनाको मृत्यु


  • 4.9K
    Shares

    कोरोना अपडेट :  ८९८ कोरोना संक्रमित थपिए, थप १३ जनाको मृत्यु
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८९८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको १० हजार ११३ पीसीआर परीक्षणमा शुक्रबार थप ८९८ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९५ हजार ९५९ पुगेको छ । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार २५५ परीक्षणबाट १६८ जनामा पोजिटिभ देखिएको छ ।

    २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १३ हजार ३६८ परीक्षणमा १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा थप ९३८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ६६ हजार ६९६ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ ।

    हालसम्म देशभर ४२ लाख १५ हजार ४९५ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २४२ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १८ हजार ११५ छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा खोप लगाएकाको संख्या २ लाख १७ हजार ३९१ रहेको छ ।

    प्रकाशित मिति :आश्विन १५ २०७८ शुक्रवार - १७:०७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij