Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बाबुको गाली सहन नसकेर छोराले गरे आत्महत्या !

बाबुको गाली सहन नसकेर छोराले गरे आत्महत्या !


  • 8.1K
    Shares

    बाबुको गाली सहन नसकेर छोराले गरे आत्महत्या !

    हरेक बाबुले आफ्ना सन्तानले राम्रो बाटो अपनाउन भन्ने चाहान्छन् । बाबु भएका नाताले बालबच्चालाई लगनशील बनुन् भनेर कहिलेकाँही गाली पनि गर्दछन् । तर, आजभोलीका बच्चाबच्ची त्यसलाई उल्टो अर्थले सम्झिन्छन् र अनेक हरकत गर्छन् ।

    भारतको बरेलीमा एक यस्तै घटना भएको छ ।  शुभाषनगरमा बस्दै आएका एक ११ कक्षामा पढ्ने विद्यार्थीले बाबुले गाली गरेको भन्दै गोली प्रहार गरी आत्महत्या गरेका छन् । १७ वर्षीय शुनीलकुमार नामका किशोरले अनलाइन परीक्षा नदिएपछि उनका बाबुले गाली गरेका थिए ।

    सोही गाली सहन गर्न नसकेर उनले गोली प्रहार गरी आत्महत्या गरेका हुन् ।  प्रहरीका अनुसार अनलाइन परीक्षा नदिएपछि किशोरका बाबुले गाली गरेका थिए । त्यसपछि आफूलाई स्टोर रुमभित्र बन्द गरेर गोली प्रहार गरेको प्रहरीले बताएको छ । उनको साथमा एक स्थानीय पेस्तोल भएको पाइएको छ । 

    प्रकाशित मिति :पौष १० २०७७ शुक्रवार - १२:५२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij