Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर शिक्षक अभाव

विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर शिक्षक अभाव


  • 18.6K
    Shares

    विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर शिक्षक अभाव

    शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको छ । केन्द्रले २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षकको पदपूर्तिको विवरणसहित आयोगमा पठाएको छ । आयोगका सदस्य–सचिव दिनेश श्रेष्ठका अनुसार आयोगले १७ हजार ४७ जनाको खुला पदपूर्तिका लागि विज्ञापन गर्ने तयारी गरेको छ ।

    तथ्यांकअनुसार निम्न माध्यमिक विद्यालयमा अंग्रेजी विषयमा ६ सय २२, नेपालीमा ४ सय ३६ र विज्ञानमा ४ सय ४० दरबन्दी रिक्त रहेको छ । माध्यमिक विद्यालय तहको विज्ञान ४ सय ३३, अंग्रेजीमा ३ सय १३ र नेपाली २ सय ३० शिक्षक दरबन्दी रिक्त रहेको छ । त्यस्तै, ऐच्छिक विषयमा १ हजार ५ सय ४२ शिक्षक पद रिक्त छ ।

    केन्द्रले शिक्षक सेवा आयोगमा पठाएका विवरणअनुसार निमावि र माविमा नेपाली र विज्ञान विषयमा धेरै शिक्षक दरबन्दी अभाव देखिएको तथ्यांकमा उल्लेख छ ।

    आयोगले शिक्षक पदमा खुला प्रतिस्पर्धाका लागि केन्द्रसँग आवश्यक पदपूर्ति गर्न रिक्त शिक्षकको संख्या माग गरेको थियो । केन्द्रले आयोगमा पेस गरेको तथ्यांकअनुसार सबैभन्दा बढी प्रावि तहमा १२ हजार ९ सय १२ दरबन्दी रिक्त छन् । मावि तहमा १ हजार ५ सय ४२ र निमाविमा २ हजार ५ सय ९३ पदमा खुला विज्ञापन गरी शिक्षकको पदपूर्ति गर्नेछ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

    प्रकाशित मिति :आश्विन १५ २०७८ शुक्रवार - ०८:००:५२ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij