Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

६ सहसचिवको सरुवा, वाणिज्य र राजश्व अनुसन्धान विभागका महानिर्देशक फेरिए

६ सहसचिवको सरुवा, वाणिज्य र राजश्व अनुसन्धान विभागका महानिर्देशक फेरिए


  • 5.6K
    Shares

    ६ सहसचिवको सरुवा, वाणिज्य र राजश्व अनुसन्धान विभागका महानिर्देशक फेरिए
    images

    काठमाडौँ । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलवार मन्त्रीस्तरीय निर्णय गर्दै ६ सहसचिवको सरुवा गरेका हुन् ।

    जसमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । उनलाई राजश्व अनुसन्धान विभागको महानिर्देशक पठाउने तयारी छ ।

    राजस्व अनुसन्धान विभागका महानिर्देशक रामप्रसाद आचार्यको गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

    यस्तै स्वास्थ्य सेवाका ११ औँ तहका सहसचिव बद्रीबहादुर खड्का बागमती प्रदेशको नवगठित स्वास्थ्य मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा काजमा रहेका पदमराज मैनालीको सहरी विकास मन्त्रालयमा सरुवा भएको छ ।

    राजश्व अनुसन्धान विभागका उपमहानिर्देशक शिवलाल तिवारीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूर पश्चिमबाट केहि दिन अघि मात्रै संघमा सरुवा भएर आएका डा. किसनलाल भट्टको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशमा सरुवा भएको हो ।

    प्रकाशित मिति :आश्विन १४ २०७८ बिहिवार - १६:४७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij