२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार दुई खेल हुँदैछन्। बिहान ११ः४५ बजे सुरु हुने पहिलो खेलमा चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ।
चार खेल खेलिसकेको काठमाण्डु र तीन खेल मात्र खेलेको चितवनको समान चार अंक छ। अंक तालिकामा भने चितवन तेस्रो स्थानमा छ भने काठमाडौं चौथो स्थानमा छ। दुवै टिम आजको खेल जित्नैपर्ने दबाबमा छन्।चितवन कुशल मल्लको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौंका कप्तान करण केसी हुन् ।
दोस्रो खेलमा दिउँसो ४ बजे कर्णाली याक्स र विराटनगर किंग्स भिड्दैछन्। चार खेलमा विराटनगरले एक खेल मात्र गुमाएर ६ अंक जोडेको छ भने तीन खेल खेलेको कर्णालीले एक खेल मात्र जितेको छ। विराटनगर तालिकाको दोस्रो स्थानमा छ भने कर्णाली पाँचौं स्थानमा छ। विराटनगरका लागि थप सम्भावना भए पनि कर्णालीका लागि आजको खेल जित्नै पर्ने दबाब छ।
कर्णालीका कप्तान सोमपाल कार्मी हुन् भने विराटनगरका कप्तान सन्दीप लामिछाने हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij