Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

गुल्मीमा चट्याङ लागेर ९ जना घाइते, एकको अवस्था गम्भीर

गुल्मीमा चट्याङ लागेर ९ जना घाइते, एकको अवस्था गम्भीर


  • 3.6K
    Shares

    गुल्मीमा चट्याङ लागेर ९ जना घाइते, एकको अवस्था गम्भीर
    images

    गुल्मी। बुधवार राति गुल्मी जिल्लामा चट्याङ लागेर ९ जना घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-३ को तोरीपाटा भन्ने स्थानमा चट्याङले लागेर एकैटोलका ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    चट्याङले लागेर घाइते ९ जनामध्ये १ जनाको पाल्पामा र २ जनाको गुल्मी अस्पतालमा र ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    चट्याङले लागेर घाइते १९ वर्षकी रिता नेपालीलाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । २२ वर्षकी गिता नेपाली, ५० वर्षका झके नेपालीको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

    सामान्य घाइते २४ वर्षकी बालिक नेपाली, २८ की लक्ष्मी नेपाली, १९ की लक्ष्मी नेपाली, २२ वर्षकी सिता नेपाली, ३२ वर्षकी पार्वती नेपाली, २९ वर्षकी जल्पा नेपालीको स्थानीय स्वस्थ्य संस्थामा उपचार गरिएको प्रहरीले जनाएको छ।

     

    प्रकाशित मिति :आश्विन १४ २०७८ बिहिवार - १२:०४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij