Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणका विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक, सन् २०२१ भरि नेपाल आउन नपाइने

द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणका विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक, सन् २०२१ भरि नेपाल आउन नपाइने


  • 5.3K
    Shares

    द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणका विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक, सन् २०२१ भरि नेपाल आउन नपाइने
    images

    काठमाडौं । सांगीतिक रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणका विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । उनको भिसाको म्याद सकिएकाले अध्यागमन कार्यालयले उनलाई सोमबार त्रिभुवन विमानस्थलबाट फर्काइदिएको हो ।

    भुटानी शरणार्थीका रुपमा नेपाल आएका गजमेर पछिल्लो समय अमेरिकामा बसोबास गर्छन् । उनी अमेरिकी नागरिक भइसकेकाले नेपालको भिसा लगाएर भ्वाइस अफ नेपालमा भाग लिन आएका थिए । तर, उनको भिसाको म्याद गुज्रिसकेको अध्यागमन कार्यालयले जनाएको छ ।

    प्रमुख अध्यागमन अधिकृत शिशिर वैद्यले गजमेरलाई अध्यागमनबाटै फिर्ता गरिएको जानकारी दिए । ‘उहाँ टुरिस्ट भिसामा नेपाल आएर २७० दिन बस्नुभएको रहेछ । यस्तो भिसामा विदेशीहरु नेपालमा जम्मा १५० दिन मात्र बस्न पाउँछन्’ उनले भने ।

    वैद्यका अनुसार गजमेर भिसा अवधिभन्दा १३० दिन बढी बसेका हुन् । गत सोमबार कतार एयरवेजको क्यूआर ६५० कलसाइनको जहाजमा गजमेर अमेरिकाबाट काठमाडौं आएका थिए । त्रिभुवन विमानस्थलमा ओर्लिएपछि उनलाई अध्यागमनले सोधपुछ गरेको थियो ।

    ‘उहाँ हामीसँग सोधपुछबिनै आउनुभएको थियो, त्यसैले जुन जहाजमा आउनुभएको थियो त्यसमै फिर्ता पठाइसक्यौं’ वैद्यले भने । अध्यागन नियमअनुसार गजमेर अब सन् २०२२ को जनवरीमा मात्र नेपाल आउन पाउनेछन् ।

    ‘सबैलाई नियम-कानून बराबर हुन्छ, सेलेव्रिटी भने छुट हुँदैन’ वैद्यले भने । भुटानी शरणार्थीको आप्रवासनका क्रममा परिवारसहित अमेरिका गएका गजमेरले त्यहीँको नागरिकता लिएका थिए ।

    प्रकाशित मिति :आश्विन १३ २०७८ बुधवार - १६:५९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij