२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । पछिल्लो २४ घन्टामा ११५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५४१ नमूना परीक्षणमध्ये ८९२ पीसीआर र २६५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यससँगै नेपालमा हालसम्म ८ लाख ८५ हजार ५३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार १२३ पुगेको छ ।
मन्त्रालयका अनुसार थप एक हजार ११३ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ६४ हजार ८४७ पुगेको छ । हाल मुलुकभर १८ हजार १९३ सक्रिय संक्रमित छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij