Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लान्तर शिक्षक सरुवा गर्यो रोक्का

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लान्तर शिक्षक सरुवा गर्यो रोक्का


  • 8.8K
    Shares

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लान्तर शिक्षक सरुवा गर्यो रोक्का

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लान्तर शिक्षक सरुवा रोक्का गरेको छ ।

    शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि जिल्लान्तर शिक्षक सरुवा रोक्का गरिएको केन्द्रले जनाएको छ ।

    केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाले आयोगमा विज्ञापनका लागि रिक्त पद सङ्ख्या पठाइसकिएकाले सरुवा रोक्का गर्नुपरेको बताए । 

    उनले दरबन्दी मिलानका क्रममा केन्द्रले खुद पुल दरबन्दी भएको स्थानीय तहमा दरबन्दी थप गर्नुपर्ने भएमा मात्र सरुवा गर्नसक्ने जानकारी दिए ।

    यसअघि केन्द्रले १७ हजार ४७ पदमा पदपूर्ति गर्न आयोगसमक्ष विवरण पठाएको  थियो । प्राथमिक तहमा १२ हजार ९१२ पद, निम्न माध्यमिक तहमा दुई हजार ५९३ पद र माध्यमिक तहमा एक हजार ५४२ पदमा आवेदन माग गरी पदपूर्तिका लागि आयोगलाई पत्राचार गरिएको थियो ।

    प्रकाशित मिति :आश्विन १३ २०७८ बुधवार - १६:२०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij