२०८२ मंसिर १२ गते शुक्रवार
नेपालमा हालसम्म कोभिड-१९ विरुद्धको एक करोड ७८ लाख ५८ हजार ७१० खोप भित्रिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी भेरोसेल खोप प्राप्त भएको छ। भेरोसेल खोप एक करोड १९ लाख डोज रहेको छ। कोभिसिल्ड खोप २४ लाख ४८ हजार आएको छ।
एस्ट्राजेनेका खोप १९ लाख ७५ हजार आठ सय ६० र एक मात्रा लगाए पुग्ने जोनसन एन्ड जोनसन १५ लाख ३४ हजार आठ सय ५० डोज छ। मन्त्रालयका अनुसार १२ असोजसम्म एक करोड २९ लाख ५८ हजार पाँच सय आठ मात्रा खोप लगाइसकिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij