Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

यस्तो रहेछ ह्वाट्सएपको म्यासेज गायब बनाउने नयाँ फिचर

यस्तो रहेछ ह्वाट्सएपको म्यासेज गायब बनाउने नयाँ फिचर


  • 3.8K
    Shares

    यस्तो रहेछ ह्वाट्सएपको म्यासेज गायब बनाउने नयाँ फिचर
    images

    विश्वमै सबभन्दा बढी प्रयोग हुने इन्स्ट्यान्ट म्यासेजिङ एप ह्वाट्सएप प्राय आफ्नो प्रयोगकर्ताका लागि नयाँ फिचर अपडेट ल्यारहेको हुन्छ । 

    यसैक्रममा धेरै समयपछि ह्वाट्सएपले नयाँ फिचरमा काम गरिरहेको थियो, अहिले अफिसियली अपडेट गरिएको छ । यो फिचरको नाम हो, डिस्अपियरिङ म्यासेज । यो फिचरले एपमा पठाइएको म्यासेज केही समयपछि आफैं गायब हुन्छ, जसलाई प्रयोगकर्ताले आफ्नो हिसाबले अन र अफ गर्न सक्नेछन् । 

    यो फिचरले पहिले पठाइएको वा पाएको म्यासेजलाई प्रभावित पार्दैन । तर, जब तपाईं एकपटक यो फिचरलाई इनेबल गर्नुहुन्छ, पर्सनल वा ग्रुप च्याटमा पठाइएको म्यासेज सात दिनपछि गायब हुनेछ । 

    यसरी गर्नुहोस् अन 

    ह्वाटस्एप च्याट खोल्नुहोस् ।

    कन्ट्याक्टको नाम ट्याप गर्नुहोस् । 

    डिस्अपियरिङ म्यासेजेज्मा ट्याप गर्नुहोस् । 

    त्यसपछि कन्टिन्यूमा ट्याप गर्नुहोस् र अन विकल्प छान्नुहोस् । 

    यसरी गर्नुहोस् अफ

    ह्वाट्सएप च्याट खोल्नुहोस् ।

    कन्टेक्टको नाम ट्याप गर्नुहोस् ।

    गायब हुन लागेको सन्देशमा ट्याप गर्नुहोस् । 

    त्यसपछि कन्टिन्यूमा ट्याप गरेर अफ विकल्प छान्नुहोस् । 

    प्रकाशित मिति :आश्विन १३ २०७८ बुधवार - १२:२५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij