Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सोनिका पछि फेरि अर्की सँग हिँड्न थाले पूर्वयुवराज पारश शाह, को हुन् ती युवती (भिडियोसहित)

सोनिका पछि फेरि अर्की सँग हिँड्न थाले पूर्वयुवराज पारश शाह, को हुन् ती युवती (भिडियोसहित)


  • 16.0K
    Shares

    सोनिका पछि फेरि अर्की सँग हिँड्न थाले पूर्वयुवराज पारश शाह, को हुन् ती युवती (भिडियोसहित)
    images

    काठमाडौं । पुर्वयुवराज पारश शाहको चर्चा कहिले पनि घट्दैन । ‘बदनाम हुनु तर गुमनाम नहुनु’ भनेजस्तै पारश सधैँ चर्चामा रहिरहन्छन् ।

    उनी आफूखुशी चर्चामा आउन भने खोजेका होइनन् । उनी नेपालका यस्ता सेलिब्रेटि हुन् जसको अघिपछि सधैँ मिडियो हुने गर्दछ । व्यक्तिगत स्वतन्त्रतासँग बाँचिरहदा पनि उनी मिडियामा देखिरहन्छन् । ‘माया गर वा नगर, तर मलाई इन्कार गर्न सक्दैनौँ’

    भनेजस्तै पारशका गतिविधि रुचाउने धेरै छन् । ‘कमेडि च्याम्पियन’ मा भरतमणि पौडेलले पारशको क्यारिकेचर गरेकै भरमा २० लाख रुपैँया र कार कमाए । यसको मतलब पारशलाई रुचाउनेको जमात ठूलो छ ।

    अहिले भने तीनै पारश फेरि एक युवतिसँगको निकटताका कारण चर्चामा छन् । काठमाडौँको सडकमा मास्क लगाएर दुईजना हार्ले डेभिडसन बाईकमा हुइकिएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

    टिकटक देखि फेसबुकसम्म सोहि भिडियोको चर्चा छ । कसैले पारशलाई ‘सोनिका त होइन को हुन् रु’ भन्दै प्रश्न गरेका छन् त कोहिले पारशको व्यक्तिगत स्वतन्त्रतामाथि प्रश्न नउठाउन आग्रह गरेका छन् ।

    पुर्वयुवराज शाहको पारिवारिक सम्बन्ध खासै सुमधुर छैन । पुर्वयुवराज्ञी हिमानी शाहसँग उनी खासै देखिदैँनन् । पछिल्लो समय, पारशका आमा कोमल राज्यलक्ष्मी शाहको जन्मदिनमा पारश र हिमानीसँगै देखिएका थिए । यसपछि भने पारश नागार्जुनमा बस्दा हिमानी थाइल्याण्ड गएको समाचारहरु बाहिरीएको थियो ।

    युवतिहरुसँग किन नजिकिन्छन् पारशस् पारश केहि समयअघि चर्चित भिजे, मोडल तथा व्यवसायी सोनिका रोकायासँगको निकटताका कारण चर्चामा आए । पारशले जे गरेपनि उनको मिडियामा चर्चा हुने गर्दछ ।

    सोनिकासँगको सम्बन्ध झनै मिडियाहरुलाई राम्रो कन्टेन्ट फेला परेको थियो । त्यसपछि पनि पोखरामा एक युवतिसँग उनको भिडियोहरु देखियो । आखिर किन पारश युवतिहरुसँग नजिकिन्छन् त ? पारश युवतिहरुसँग नजिकिएकि युवतिहरु पारशसँग नजिकिए त्यो फरक पाटो होला ।

    तर, पारशको हाउभाउ अनुसार जस्ले उनलाई बुझ्न खोज्छ ऊसँग पारश नजिकिन्छन् । वास्तवमै पनि सधैजसो पारशको नकारात्मक पाटोलाई मात्र मिडियामा प्राथमिकता दिइन्छ । उनका पनि केहि इच्छा होलान्, देश र जनता प्रति माया होला । तर, ती विषयहरुलाई कहिले पनि मिडियाले स्थान दिएको छैन ।

    पारशका वैचारिक दृष्टिकोण निकै सुन्दर छन् । सोनिकाले आफ्नो भ्लग मार्फत पारशका विचारहरु दर्शकसामु पेश गरेकि थिइन् । उक्त समयमा पारशले हामी पश्चिमा संस्कृतिप्रति बढि झुकाव राखेको बताएका थिए ।

    गुरुको कुल गुरुकुलमा नगएर हामी ईशुको कुला स्कुलमा गइरहेको भिडियो बाहिरीएको थियो । साथै, उनले आफु विरुद्ध पुरा मिडिया देखि कुटिनितिज्ञ हात धोएर लागिपरेको पनि बताएका थिए ।

    हुन पनि हो, उनको सधै नराम्रो पाटोमात्र उजागर गरिदैँ आइएको थियो । उनीसँग निकट हुने धेरै छन् । तर, जब उनी आफ्नो कुरा स्वार्थ नभई सुन्ने मान्छे भेट्छन् तब नजिक भइहाल्छन् । सोनिका देखि अन्य पात्रसँगको निकटता पनि त्यहि एउटा कारण हो ।

    प्रकाशित मिति :आश्विन १३ २०७८ बुधवार - १२:१३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij