Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

ओली पक्षले गर्‍यो ७ प्रदेशमा नयाँ संयोजक नियुक्त, कुन प्रदेशमा को ?

ओली पक्षले गर्‍यो ७ प्रदेशमा नयाँ संयोजक नियुक्त, कुन प्रदेशमा को ?


  • 6.6K
    Shares

    ओली पक्षले गर्‍यो ७ प्रदेशमा नयाँ संयोजक नियुक्त, कुन प्रदेशमा को ?

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले पार्टीको समन्वयका लागि भन्दै ७ वटै प्रदेशमा संयोजक तोक्ने निर्णय गरेको छ । 

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको नेकपा ओली पक्षको बैठकले ७ वटै प्रदेशमा संयोजक नियुक्त गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए । 

    जसअनुसार १ नम्बर प्रदेशमा सुवासचन्द्र नेम्वाङ, २ नम्बर प्रदेशमा सत्यनारायण मण्डल, बाग्मती प्रदेशमा ईश्वर पोखरेल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ छन् ।

    लुम्बिनी प्रदेशमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिम प्रदेश संयोजकमा लेखराज भट्ट तोकिएका छन् ।

    बिहीवारको बैठकले पार्टीहित विपरीतको काम गरेको भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जिम्मेवारी खोस्ने निर्णय गरेको छ । 

    प्रकाशित मिति :पौष ९ २०७७ बिहिवार - १६:५३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij