Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

देशव्यापी इन्टरनेट विस्तार गर्दै डिशहोम, कहाँ-कहाँ छ सेवा ?

देशव्यापी इन्टरनेट विस्तार गर्दै डिशहोम, कहाँ-कहाँ छ सेवा ?


  • 4.0K
    Shares

    देशव्यापी इन्टरनेट विस्तार गर्दै डिशहोम, कहाँ-कहाँ छ सेवा ?
    images

    डीटीएच तथा फाइबर इन्टरनेट सेवाप्रदायक डिशहोमले सन् २०२० देखि इन्टरनेट सेवा सञ्चालन गरेको छ । देशव्यापी रूपमा उच्च गतिको इन्टरनेट सेवा दिने योजनासहित कम्पनीले हाल मुख्य सहरहरूमा फाइबरनेट विस्तार गरिरहेको छ ।

    कम्पनीले डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित ग्राहकका लागि डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम ‘गो एप’ र ‘एक्स भीओडी’ जस्ता विभिन्न सुविधा उपलब्ध गराइरहेको जानकारी दिएको छ ।

    कम्पनीले हालै बिर्तामोडमा आफ्नो सेवा विस्तार गरेको छ । हालै डिशहोम फाइबरनेटको अधिकारिक बिक्रेताको उदघाटन क्षेत्र सेल्स म्यानेजर बिपिन्द्र न्यौपानेले गरे । झापाका अन्य स्थानमा पनि डीटीएच फाइबरनेट चाँडै पुग्ने सेल्स अफिसर प्रज्ज्वल अधिकारीले बताए ।

    फाइबरनेटमा १० एमबीपीएसदेखि १०० एमबीपीएससम्मका प्याकेज उपलब्ध छन् । यसअघि काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, हेटौंडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपुर, विराटनगर, पोखरा लगायतका ठाउँमा यसअघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ ।

    छिट्टै नेपालका प्रमुख सहरलगायत अन्य स्थानमा पनि फाइबरनेट विस्तार हुने कम्पनीले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन ११ २०७८ सोमवार - १२:३३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij