Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

हङकङमा आगलागी : मृतकको संख्या ९४ पुग्यो

हङकङमा आगलागी : मृतकको संख्या ९४ पुग्यो


  • 358
    Shares

    हङकङमा आगलागी : मृतकको संख्या ९४ पुग्यो
    images

    काठमाडौं । हङकङमा बुधबार राति लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ । केही मानिसहरुको अवस्था अझै अज्ञात छ ।सुरक्षाकर्मीका अनुसार मृतकमध्ये धेरैजसो सुतिरहेको समयमा धुवाँमा निसास्सिएर ज्यान गुमाएका हुन् ।

    सम्बन्धित अधिकारीहरूले प्रारम्भिक अनुमानमा विद्युत् सर्टका कारण आगो लागेको आशंका गरेका छन्, तर एकिन कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरिएको छ ।

    आगलागी शहरको घना जनसंख्या भएको क्षेत्रमा रहेका आवासीय भवनमा बुधबार मध्यराततिर सुरु भएको थियो । आगलागी भएका ती बहुतले भवनहरुमा विदेशी कामदारदेखि स्थानीयसम्म दर्जनौं परिवार बसोबास गर्दै आएका थिए । घटनास्थलमा उद्धार कार्य अझै जारी छ । घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।

    आगलागीबाट विस्थापित सयौं मानिसका लागि अस्थायी बसोबासका व्यवस्था पनि नगर प्रशासनले गरेको छ । हङकङ प्रशासनले मृतकको परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै राहत तथा पुनर्स्थापनाका कार्यक्रम अघि बढाइने जनाएको छ ।

     

    प्रकाशित मिति :मंसिर १२ २०८२ शुक्रवार - १०:०४:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij