Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

रोकिएको ट्रकमा तीव्र गतिको मोटरसाइकल ठोकिँदा २५ वर्षीय युवकको मृत्यु, अर्का गम्भीर घाइते

रोकिएको ट्रकमा तीव्र गतिको मोटरसाइकल ठोकिँदा २५ वर्षीय युवकको मृत्यु, अर्का गम्भीर घाइते


  • 372
    Shares

    रोकिएको ट्रकमा तीव्र गतिको मोटरसाइकल ठोकिँदा २५ वर्षीय युवकको मृत्यु, अर्का गम्भीर घाइते
    images

    काठमाडौं । सुनसरीमा तीव्र गतिको मोटरसाइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा त्यसका चालकको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन्।

    धरान उपमहानगरपालिका–८ तीनकुनेस्थित सडक किनारमा रोकेर राखिएको प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको ट्रकमा प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल गए राति ठोक्किएको हो।

    दुर्घटनामा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–४ का २५ वर्षीय मञ्जिल लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार मोटरसाइकलमा सवार इटहरी–५ का ३२ वर्षीय अमित राईको अवस्था गम्भीर छ। उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। 

    प्रकाशित मिति :मंसिर १२ २०८२ शुक्रवार - १०:१७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij