Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

लाखौं स्मार्टफोनमा आजदेखि बन्द भयो युट्युव, जिमेल र गुगल म्याप, किन हुन्छ यस्तो ?

लाखौं स्मार्टफोनमा आजदेखि बन्द भयो युट्युव, जिमेल र गुगल म्याप, किन हुन्छ यस्तो ?


  • 4.6K
    Shares

    लाखौं स्मार्टफोनमा आजदेखि बन्द भयो युट्युव, जिमेल र गुगल म्याप, किन हुन्छ यस्तो ?
    images

    काठमाडौं । गुगलले आजदेखि लाखौं स्मार्टफोनमा गुगल म्याप, युट्युव, जिमेल लगायत एपमा सपोर्ट बन्द गरेको छ । योसँगै ती मोबाइलमा गुगलका सर्भिस पूर्णरुपमा लक भएका छन् ।

    यसको अर्थ आजदेखि ती मोबाइलमा युट्युव, जिमेल, गुगल म्यापलगायतका एप चल्ने छैनन् । यो विषयमा कम्पनीले यसअघि नै आफ्नो ब्लग पोस्टमार्फत जानकारी गराएको थियो ।

    सोही अनुरूप आजदेखि सर्भिस बन्द गरिएको जनाइएको छ । कम्पनीका अनुसार एन्ड्रोइड २.३ मा आधारित स्मार्टफोनमा अब गुगलको कुनै पनि सर्भिस उपलब्ध हुने छैन । यसको अर्थ प्रयोगकर्ताले त्यस्ता स्मार्टफोनमा गुगलको सर्भिसमा लगइनको अप्सन पाउने छैनन् ।

    गुगलको एन्ड्रोइड २।३ भर्सन सन् २०१० मा सार्वजनिक भएको थियो । प्रयोगकर्ताको सुरक्षा ध्यानमा राख्दै अब उक्त भर्सनका स्मार्टफोनमा सपोर्ट बन्द गरिएको हो ।

    प्रकाशित मिति :आश्विन ११ २०७८ सोमवार - ११:५४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij