Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आजदेखि काठमाडौंमा १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोप, अनलाइन फारम अनिवार्य

आजदेखि काठमाडौंमा १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोप, अनलाइन फारम अनिवार्य


  • 2.8K
    Shares

    आजदेखि काठमाडौंमा  १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोप, अनलाइन फारम अनिवार्य
    images

    काठमाडौं । काठमाडौंमा सोमबारदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिन थालिएको छ । तीन दिनसम्म चल्ने खोप कार्यक्रम अन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिन थालिएको हो । 

    काठमाडौंका १२ वटा स्थानीय तह र सात अस्पतालवाट खोप उपलब्ध हुनेछ । स्थानीय तहका स्वास्थ्य कार्यालय बाहेक नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल, निजामति कर्मचारी अस्पताल, परोपकार प्रसुती अस्पताल र वीरेन्द्र सैनिक अस्पतालवाट पनि खोप उपलब्ध हुनेछ ।

    स्वास्थ्य कार्यालय काठमाडौंले खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने जनाएको छ । खोप अभियान आगामी १३ गतेसम्म सञ्चालन हुनेछ ।

     

    प्रकाशित मिति :आश्विन ११ २०७८ सोमवार - ११:४१:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij