२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फोर्स ल्याण्ड गरिएको बुद्ध एयरको जहाजमा सवार यात्रु सकुशल रहेका छन्।
जहाजमा रहेका सबै यात्रु सकुशल रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले अन्नपूर्णलाई जानकारी दिए। विमानमा ७५ जना यात्रु सवार थिए।
सोमबार बिहान ८:३० बजे बुद्ध एयरको विमान काठमाडौंबाट विराटनगरका लागि उडेको थियो। विराटनगर एयरपोर्टमा ल्यान्डिङका क्रममा जहाजको गियरमा समस्या आएपछि पुनस् काठमाडौं फर्काइएको थियो।
जहाज काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाइ अलर्ट गरिएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij