Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आफ्नै सवारीले सवारी लाइसेन्सको ट्रायल दिन पाउने व्यवस्था किन हट्यो ? के छ सरकारको प्रतिक्रिया

आफ्नै सवारीले सवारी लाइसेन्सको ट्रायल दिन पाउने व्यवस्था किन हट्यो ? के छ सरकारको प्रतिक्रिया


  • 5.0K
    Shares

    आफ्नै सवारीले सवारी लाइसेन्सको ट्रायल  दिन पाउने व्यवस्था किन हट्यो ? के छ सरकारको प्रतिक्रिया
    images

    काठमाडौं । सरकारले उपभोक्ताको सजिलोका लागि गरिएको यातायात लाइसेन्सको ट्रायलसम्बन्धी निर्णय सर्वोच्च अदालतको आदेशले रोकिएको स्पष्टीकरण दिएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा आफ्नै सवारी सवारी प्रयोग गर्न पाउने मन्त्रालयको व्यवस्था सर्वोच्च अदालतको आदेशका कारण रोकिएको प्रस्ट्याएका हुन् ।

    आइतवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि लिइने परीक्षामा ७० प्रतिशत नम्बर ल्याउनेलाई १ वर्षको परीक्षणकालको व्यवस्था हुने गरी अनुमति पत्र दिन सकिने व्यवस्था राखिएको पनि समितिलाई जानकारी गराए ।

    त्यस्तै आफ्नै सवारी साधन प्रयोग गरेर दिइने प्रयोगात्मक परीक्षा परीक्षण गर्ने ठाउँमा नेपाल सरकार यातायात व्यवस्था विभागले ठेक्कामा दिइसकेको र सर्वोच्च अदालतले ठेक्कामा दिए अनुसार नै गर्नु भनेर आदेश दिएकाले तत्काल रोक्न सरकार बाध्य हुनुपरेको बताए ।

    सचिव श्रेष्ठले अहिले चालक अनुमति पत्र दिन कुनै समस्या नरहेको जानकारी समेत दिए । ट्रायल (प्रयोगात्मक परीक्षा)पास गरेकै दिन सवारी चालक अनुमति पत्र दिन सकिने पनि उनले बताए ।

    प्रकाशित मिति :आश्विन १० २०७८ आइतवार - १६:१८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij