Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

धनगढीमा सुत्केरी महिलाको मृत्यु, चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै अस्पताल घेराउ

धनगढीमा सुत्केरी महिलाको मृत्यु, चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै अस्पताल घेराउ


  • 4.3K
    Shares

    धनगढीमा सुत्केरी महिलाको मृत्यु, चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै अस्पताल घेराउ
    images

    धनगढी । धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ की २६ वर्षिय कल्पना सिंह मल्लको शनिवार राती मृत्यु भएको हो ।

    मृतक महिलाका आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । उनका श्रीमान सुरेश मल्लले डाक्टर जयराम केसीले नर्मल डेलिभरी हुन्छ भनेको भएपनि परिवारलाई जानकारी नगराई भ्याक्म प्रयोग गरी बच्चा निकालेको बताए ।

    उनले अप्रेशन पश्चात् महिलामा उच्च रक्तश्राव भएको बताए । रक्तश्राव पश्चात् महिलाको मृत्यु भएको थियो । पीडितका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै अस्पताल घेरेका छन् ।

    प्रकाशित मिति :आश्विन १० २०७८ आइतवार - ११:११:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij