Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नबिल बैंक भिसा इन्टरनेशनलको तीन विधाका अवार्डद्वारा सम्मानित

नबिल बैंक भिसा इन्टरनेशनलको तीन विधाका अवार्डद्वारा सम्मानित


  • 232
    Shares

    नबिल बैंक भिसा इन्टरनेशनलको तीन विधाका अवार्डद्वारा सम्मानित
    images

    काठमाडौं । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड जितेको छ ।

    बैंकले यस वर्ष एक्सिलेन्स इन कन्जुमर डेविट कार्डस्  बिजनेस प्रिन्सिपल क्लाइन्ट (Excellence in Consumer Debit Cards Business Principal client), एक्सिलेन्स इन कन्ट्याकलेस-इसुइङ (Excellence in Contactless-Issuing) र एक्सिलेन्स इन इ–कमर्श एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट (Excellence in E-Commerce Acquiring Business Principal Client) विधामा अवार्ड जितेकोे हो ।

    अवार्ड ग्रहणपछि नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईंले उक्त उपलब्धिले आफूहरूलाई थप ऊर्जा प्रदान गरेको बताएका छन् । उनले उक्त उपलिब्धको श्रेय बैंकका कार्डवाहक ग्राहक, व्यवसायी तथा कर्मचारीलाई जाने बताएका छन् ।

    नेपालका बैंक तथा वित्तीय संस्था, फिनटेक, इ– कमर्स, व्यापार व्यवसायमा भिसा कार्डको प्रयोग हुँदै आएको छ ।

    नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । 

    प्रकाशित मिति :मंसिर १२ २०८२ शुक्रवार - १२:५६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij