Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

पछिल्लो २४ घण्टा १४७६ जनामा कोरोना संक्रमण पुष्टि, ९ जना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टा १४७६ जनामा कोरोना संक्रमण पुष्टि, ९ जना संक्रमितको मृत्यु


  • 4.0K
    Shares

    पछिल्लो २४ घण्टा १४७६ जनामा कोरोना संक्रमण पुष्टि, ९ जना संक्रमितको मृत्यु
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ६९० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ४७६जनामा संक्रमण पुष्टि भएको हो।

    स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ५७५ जनाको पिअिसार परीक्षण गर्दा एक हजार १०३ र पाँच हजार ११५ जनाको एन्टीजेन परीक्षण गर्दा ३७३ जनामा संक्रमण पुष्टि भएको हो। 

    आज देशभर एक हजार ५५० जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा नौ जना संक्रमितको मृत्यु भएको छ।

    देशभर २० हजार २८७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १८ हजार ९६९ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ३१८ संक्रमित छन् भने  ३४६ जना आइसियुमा र १०५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

    देशभर २४४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर एक लाख ७२ हजार  ५९० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

    प्रकाशित मिति :आश्विन ८ २०७८ शुक्रवार - १६:५५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij