२०८२ भाद्र ४ गते बुधवार
काठमाडौँ । अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका डा युवराज खतिवडाले सपथ लिएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शितलनिवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको सपथ लिएका हुन् ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा डा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी थिइन् । डा खतिवडालाई नेपालको संविधानको धारा २८२ बमोजिम अमेरिकाको राजदूतमा नियुक्त गरिएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij