Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आगामी आइतबारदेखि मुक्तिनाथ मन्दिर खुला गरिने, खोप लगाएको कार्ड वा पीसीआर रिपोर्ट भने अनिवार्य

आगामी आइतबारदेखि मुक्तिनाथ मन्दिर खुला गरिने, खोप लगाएको कार्ड वा पीसीआर रिपोर्ट भने अनिवार्य


  • 5.8K
    Shares

    आगामी आइतबारदेखि मुक्तिनाथ मन्दिर खुला गरिने, खोप लगाएको कार्ड वा पीसीआर रिपोर्ट भने अनिवार्य
    images

    काठमाडौं । आगामी आइतबार (१० असोज)देखि मुक्तिनाथ मन्दिर दर्शन खुला हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसको महामारी फैलिएसँगै मुक्तिनाथ दर्शन बन्द भएको थियो ।

    नजिकिएको दशैंमा आउने दर्शनार्थीलाई लक्षित गरी स्थानीय प्रशासनले मन्दिर खुला गर्ने निर्णय गरेको हो । तर, जिल्लामा प्रवेश गर्ने विदेशी तथा स्वदेशी पर्यटकको साथमा भने खोप लगाएको कार्ड वा पीसीआर रिपोर्ट भने अनिवार्य गरिएको छ ।

    मुस्ताङ जिल्लामा स्थायी बसोबास गर्ने व्यक्ति र पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीबाहेकको साथमा ७ दिन भित्रको पीसीआर नेगेटिभ रिर्पोट आएको प्रमाण हुनु पर्नेछ । खोप कार्ड वा ७२ घण्टा भित्रको एन्टिजेन परीक्षण रिपोर्ट भए पनि हुने छ ।

    जिल्लामा सार्वजनिक स्थलमा मेला, जात्रा, महोत्सव, भोजभतेर र हाटबजार राख्न भने नपाइने भएको छ । विवाह, ब्रतबन्ध, मृत्यु लगायतका संस्कार जस्ता कार्यमा २५ जना भन्दा बढी भेला नहुन समेत जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेको छ ।

    प्रकाशित मिति :आश्विन ७ २०७८ बिहिवार - १३:२३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij