२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । चाडपर्व नजिकिएसँगै प्रहरीले गाउँ टोलमा हुनसक्ने लुटपाट, चोरी डकैती जस्ता घटनाहरुबारे सर्वसाधारणलाई सचेत गराएको छ ।
रातको समयमा आफ्नो घरवरपर वा टोलमा होहल्ला गरी हिँड्ने व्यक्तिहरुको गतिविधि देखेमा प्रहरीमा खबर गर्न अनुरोध गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्दै आफ्नो घरमा डेरा गरी बस्न आउने व्यक्ति तथा घरमा काम गर्ने व्यक्तिको लगत समेत राख्न अनुरोध गरेको छ । ‘आफ्नो घरमा डेरा गरेको व्यक्ति तथा घरमा काम गर्ने व्यक्तिको नाम, थर र वतन फोटोसहितको स्थाई ठेगाना लिई राख्नुहोस्’ जारी सूचनामा भनिएको छ ।
त्यसैगरी बैंक तथा वित्तीय संस्थामा रकम झिक्न वा राख्न जाँदा वा ठूलो कारोबार गर्न जाँदा सुरक्षित भएर जान समेत प्रहरीले आग्रह गरेको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij