Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

काँडाघारीबाट १८ लाखभन्दा बढी नगदसहित १३ जना जुवाडे पक्राउ

काँडाघारीबाट १८ लाखभन्दा बढी नगदसहित १३ जना जुवाडे पक्राउ


  • 3.3K
    Shares

    काँडाघारीबाट १८ लाखभन्दा बढी नगदसहित १३ जना जुवाडे पक्राउ
    images

    काठमाडौं । काठमाडौंमा १३ जना जुवाडे पक्राउ परेका छन् । कागेश्वरी मनोहरा वाड नं-७ हरहर महादेवस्थित एक स्थानीयको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    उनीहरुको साथबाट प्रहरीले १८ लाख ७५ हजार ५०० रुपैयाँ बरामद गरिएको प्रहरी प्रभाग काँडाघारीका प्रहरी निरीक्षक अनिल पण्डितले लोकपथलाई जानकारी दिए ।

    ‘एक स्थानीयको घरमा १० जना पुरुष र ३ जना महिला जुवा खेलिरहेको अवस्थामा हामीले पक्राउ गरेका छौं । थप अनुसन्धानका लागि प्रहरी वृत बानेश्वर पठाउन लागेका छौं ।’ प्रहरी निरीक्षक पण्डितले बताए । घटना काँडाघारीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    प्रकाशित मिति :आश्विन ७ २०७८ बिहिवार - १२:१२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij