२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५६४ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३५५, भक्तपुरमा ५८ र ललितपुरमा १५१ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ५ हजार २२६ पुगेको छ ।
आज देशभर १९ हजार ८०५ जना होम आइसोलेसनमा, एक हजार ३३४ जना संस्थागत आइसोलेसनमा, ३३४ जना आईसीयू तथा ११९ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij