Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

बिमाको क्षेत्रमा योगदान, अमेरिकामा १० नेपालीले पाए अवार्ड

बिमाको क्षेत्रमा योगदान, अमेरिकामा १० नेपालीले पाए अवार्ड


  • 3.4K
    Shares

    बिमाको क्षेत्रमा योगदान, अमेरिकामा १० नेपालीले पाए अवार्ड
    images

    काठमाडौं । अमेरिकामा १० नेपालीले विभिन्न १५ विधामा अवार्ड पाएका छन् । अमेरिकाको लसभेगासमा आयोजित कार्यक्रममा करिब पाँच हजार बिमा अभिकर्ताहरुकाबीच विभिन्‍न फरक विधामा १० नेपालीले अवार्ड पाएका हुन् ।

    बिमा क्षेत्रमा कार्यरत संस्था प्रिमियर फाइनान्स एलायन्सको वार्षिक भेलामा उक्त अवार्ड प्रदान गरिएको थियो । बिमाको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै संस्थाले अवार्ड प्रदान गरेको हो । अवार्ड प्राप्त गर्नेमा विभिन्न राज्यबाट रहेका छन्।

    नेपाली समुदायबाट अवार्ड पाउनेमा गगन केसी, गुञ्जन भण्डारी, ओम आचार्य, अनुभव गिरी, मनोज तुलाधर, सुरेश प्रधान, डोवा ढकाल, टिका आग्दाम्वे, कर्ण बोगटी र प्रकाश निरौला रहेका छन् । करिब २० विधामा १५० बढीले अवार्ड पाएका छन् ।

    अमेरिकामा नेपाली समुदायले कसैको मृत्यु हुँदा समेतमा गो फण्ड खोल्नुभन्दा सानो तिनो प्रिमियम तिरेर आफ्नो र परिवारका लागि सहज बनाउन उत्तम हुने र सोही कुराको हाम्रो समुदायमा बुझाउन सकिएकाले अवार्ड प्राप्त गर्न सफल भएको अवार्ड पाउने मध्येका एक गगन केसीको भनाइ छ ।

    प्रकाशित मिति :आश्विन ६ २०७८ बुधवार - १२:५९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij