Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

४ लाख नगदसहित दमकबाट १७ जना जुवाडे पक्राउ

४ लाख नगदसहित दमकबाट १७ जना जुवाडे पक्राउ


  • 5.1K
    Shares

    ४ लाख नगदसहित दमकबाट १७ जना जुवाडे पक्राउ
    images

    दमकमा एउटा जुवा अखडाबाट १७ जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार मध्यराति प्रहरीले दमक-१ का हिमाल देवानको घरबाट १७ जनालाई नगद र कौडासहित पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-७ का युवराज न्यौपाने, दिलबहादुर राई, तीर्थ अधिकारी, ठाकुरप्रसाद निरौला, हरि कोइराला, सुविन्द्र सुब्बालगायत छन्।

    घरको कम्पाउण्डपछाडि जस्ताको छाना भएको एक तले भान्छाकोठामा जुवा खेलिरहेका उनीहरूलाई १६ थान कौडा र चार लाख २७ हजार ६ सय रूपैयाँसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

    उनीहरूलाई हिरासतमा राखेर जुवा ऐन अन्तर्गत अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए।

    प्रकाशित मिति :आश्विन ६ २०७८ बुधवार - ११:३०:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij