२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेताहरुले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटघाट गरेका छन् ।
बिहीवार (आज) जसपाका नेताहरु डा. बाबुराम भट्टराई,उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण लगायतले सभामुख सापकोटालाई सिंहदरवारमा भेटघाट गरेका हुन् ।
प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद जीवितै रहने भन्दै सभामुख सापकोटासँग नेताहरुले बैठक बोलाउन आग्रह समेत गरेका छन् ।
त्यस्तै बुधवार सभामुख सापकोटाले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा सरकार गठन गर्ने स्पष्ट व्यवस्था गरिएको जिकिर गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij