Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

इथियोपियामा बन्दुकधारीको आक्रमणबाट एक सय बढीको मृत्यु

इथियोपियामा बन्दुकधारीको आक्रमणबाट एक सय बढीको मृत्यु


  • 8.4K
    Shares

    इथियोपियामा बन्दुकधारीको आक्रमणबाट एक सय बढीको मृत्यु
    images

    इथियोपियामा बन्दुकधारीको अन्धाधुन्ध आक्रमणमा परेर एक सय जनाभन्दा बढीको मृत्यु भएको छ । इथियोपियाको पश्चिमी बेनिशांगुल गुमुज क्षेत्रमा बन्दुकधारीहरुको आक्रमणबाट एक सय जना भन्दा बढीको मृत्यु भएको हो ।

    आक्रमण विद्रोहीहरुको पकड रहेको मेटेकल जोनको बुलेन काउन्टीको बेकोजी गाउँमा भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । धेरै जातीय समूहहरुको बसोबास रहेको उक्त स्थानमा लामो समयदेखि जातीय हिंसा हुँदै आएको बताइएको छ ।

    इथियोपियामा सन् २०१८ मा अबि अहमद प्रधानमन्त्रीमा नियुक्त भएसँगै विद्रोहीले आक्रमणलाई तीव्र पारेका छन् । सरकारले सुशासनका लागि काम गर्न नसकेको भन्दै विद्रोहीहरुले सरकार विरुद्धको आन्दोलनका क्रममा सर्वसाधारणको हत्या गर्न थालेको बताइएको छ ।

    यता सरकारले भने आगामी वर्ष हुने निर्वाचनको तयारीका लागि शासकीय सुधारका काम गरिरहेको बताएको छ । तर विद्रोहीले आफ्ना हिंसात्मक गतिविधि बढाएपछि सर्वसाधारण हिंसाको शिकार बनेका छन् । एजेन्सी

     

    प्रकाशित मिति :पौष ९ २०७७ बिहिवार - १३:२५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij