Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शिक्षकलाई किन हरेक अवसरमा राज्यले हेप्छ ? निजामती कर्मचारीलाई मान शिक्षकलाई किन अपमान ?

शिक्षकलाई किन हरेक अवसरमा राज्यले हेप्छ ? निजामती कर्मचारीलाई मान शिक्षकलाई किन अपमान ?


  • 5.7K
    Shares

    शिक्षकलाई किन हरेक अवसरमा राज्यले हेप्छ ? निजामती कर्मचारीलाई मान शिक्षकलाई किन अपमान ?

    सविधान दिवस, २०७८ का अवसरमा सरकारले विभिन्न क्षेत्रका ९०३ जनालाई विभूषण प्रदान गर्ने निर्णय गर्‍यो ।

    गृहमन्त्रालयका अनुसार यस वर्ष २५ किसिमका विभूषण घोषणा गरिएको छ । त्यसमा ११ किसिमका मानपदवी, ८ किसिमका अलंकार र ६ किसिमका पदक छन् ।

    विभूषित हुनेमा निजामती सेवा कम्तीमा २५५ जना छन् । यसमा मुख्य सचिवदेखि कार्यालय सहयोगीसम्म छन् । यो संख्या कुल विभूषितमा २८ प्रतिशतभन्दा बढी हो । नेपाली सेनातर्फ प्रधानसेनापतिदेखि कुचिकारसम्म कम्तीमा ५५ जना विभूषित भएका छन् । यो संख्या ६ प्रतिशत हो ।

    नेपाल प्रहरीमा महानिरीक्षकदेखि कार्यालय सहयोगीसम्म कम्तीमा १२५ जना विभूषित भएका छन् । यो संख्या करिब १४ प्रतिशतभन्दा हो । सशस्त्र प्रहरी कम्तीमा ४० जना विभूषित भएका छन् । यो संख्या करिब साढे ४ प्रतिशत हो ।

    कुल दरबन्दीका हिबाबले राजयकोषबाट तलबभत्ता प्राप्त गर्ने निजामती, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको तुलनामा विद्यालय शिक्षकको संख्या सबैभन्दा धेरै छ ।

    निजामती सेवामा कुल १ लाख ३६ हजार १९८ दरबन्दी छ । नेपाल प्रहरीमा कुल ७९ हजार ५३७ दरबन्दी छ । नेपाली सेनामा करिब ९५ हजार र सशस्त्र प्रहरी बलमा ३७ हजार दरबन्दी छ ।

    विद्यालय शिक्षकको दरबन्दी १ लाख ५६ हजार छ । यीमध्ये विभूषित हुने शिक्षक ८ जना छन् । विभूषित हुने कुल संख्यामा शिक्षकको संख्या एक प्रतिशतभन्दा कम, शून्य दशमलव ८८ प्रतिशत हो ।

    विभूषित हुने शिक्षकमा ६ जना प्रधानाध्यापक, एक शिक्षक र एक पूर्वशिक्षक रहेका छन् । रुपन्देही, काठमाडौँ, चितवन, भक्तपुर, सुर्खेत र बर्दियाका १–१ जना र मोरङका २ जना छन् ।

    राज्यको प्राथमिकतामा छैन : सुवेदी

    नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीका विचारमा सरकारले शिक्षा र शिक्षकलाई प्राथमिकतामा नराखेका कारण विभूषणमा यति ठूलो फरक परेको हो । उनले भने, ‘शिक्षा र शिक्षक राज्यको प्राथमिकतामा कहिल्यै पनि परेका छैनन् ।’

    राष्ट्रिय स्तरको विभूषणमा मात्र नभएर हरेक कुरामा सरकारले शिक्षा र शिक्षकलाई बेवास्ता गरेको सुवेदीको आरोप छ । विद्यालय शिक्षा र शिक्षकप्रति राज्यको दृष्टिकोण पूर्वाग्राही रहेको पनि उनको आरोप छ ।

    उनका अनुसार लामो समय बितिसक्दा पनि संघीय शिक्षा ऐन आउनसकेको छैन, शिक्षकसँग गरेका धेरै सम्झौताहरू लागू भएका छैनन् । समग्रमा शिक्षकको हित र मर्यादाप्रति सरकार उदासीन छ ।

    प्रकाशित मिति :आश्विन ५ २०७८ मंगलवार - १३:१८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij