२०८२ भाद्र २ गते सोमवार
त्रिभुवन विश्वविद्यालयले भर्खरै नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय काझनून संकायद्वारा नतिजा प्रकाशित गरिएको हो । नतिजा सार्वजनिक गर्दै त्रिविले भनेको छ ।
त्रिभुवन विश्वविद्यालयले काझनुन संकायको परीक्षा सञ्चालक समितिको मिति २०७८ साल असोज ४ गते (आज) बसेको बैठकको निर्णयअनुसार स्नातकोत्तर तह एलएल.एम. । छैटौँ सेमेष्टर अन्तिम परीक्षा २०७७ को परीक्षाफल प्रकाशन गरिएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
साथै प्रकाशित नतिजामा उत्तीर्ण परीक्षार्थीको रोल नम्बर तल उल्लेख गरिएको छ ।विस्तृत जानकारीका लागि सम्बन्धित कलेजमा सम्पर्क राख्नु हुन समेत अनुरोध गरिन्छ । परीक्षाफलको ग्रेड सीट सम्बन्धी क्याम्पस बाट सात दिनपछि उपलब्ध गराइनेछ ।
सार्वजनिक नतिजामा चित्त नबुझेमा पुनर्योग पनि गर्न पाइनेछ । नतिजा प्रकाशित भएको मितिले १५ दिनभित्र ५०० रुपैयाँ दस्तुर तिरेर पुनर्योगका लागि निवेदन दिनुपर्नेछ ।
त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना जारी गरेको छ । त्रिविले ४ वर्षे स्नातक तह चौथो वर्षको परीक्षा दिने परीक्षर्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने सूचना जारी गरिएको हो ।
जारी सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७८ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह चौथो वर्षको परीक्षा दिने व्यवस्था तथा शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित तथा आशिंक परीक्षार्थीहरूले आ–आफ्नो क्याम्पस÷कलेजमा, मिति २०७८ साल आश्विन ०५ गतेदेखि २०७८ कार्तिक १० गतेसम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ताभित्र दोब्बर दस्तुरसहित २०७८ कार्तिक १७ सम्म परीक्षा आवेदन फारम भरि बुझाउन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij