Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

केपी ओलीको मुद्दाको सुनुवाइ आज सकिँदै, आज आउला त अन्तरिम आदेश ?

केपी ओलीको मुद्दाको सुनुवाइ आज सकिँदै, आज आउला त अन्तरिम आदेश ?


  • 4.0K
    Shares

    केपी ओलीको मुद्दाको सुनुवाइ आज सकिँदै, आज आउला त अन्तरिम आदेश ?
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा आज पनि सुनुवाइ हुँदैछ ।

    सोमबार ‘हेर्दाहेर्दै’ मा राखिएको सो रिट निवेदनका सम्बन्धमा अन्तरिम आदेश जारी गर्नु पर्ने हो या होइन भन्नेबारे आज इजलासले निर्णय सुनाउने छ ।

    न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भएको उक्त रिट निवेदनमा सोमबार निवेदक पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । यसैगरी विपक्षी तर्फका कानुन व्यवसायीले पनि सोमबार नै बहस थालेका छन् । यद्यपि विपक्षी तर्फका कानुन व्यवसायीको बहस टुङ्गिएको छैन ।

    मंगलबार विपक्षी तर्फका कानुन व्यवसायीको बहस टुङ्ग्याएर जवाफी बहस हुने र इजलासले अन्तरिम आदेशका बारेमा फैसला गर्ने सम्भावना छ । एमाले अध्यक्ष ओलीले पार्टीबाट कारवाही गरिएका १४ सांसद समेतको हस्ताक्षर सनाखत गराएर नयाँ दल गठन गरिएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए ।

    पार्टीले कारवाही गरेको बारेमा जानकारी गराउँदासमेत सभामुख अग्निप्रसाद सापकोटाले ती १४ सांसदलाई पदमुक्त नगरेर नयाँ दल दर्ताका लागि भूमिका निर्वाह गरेको जिकिर पनि रिट निवेदनमा गरिएको छ ।तत्कालीन प्रधानमन्त्री ओलीले गत वैशाख २७ गते प्रतिनिधिसभामा आफूले विश्वासको मत लिँदा अनुपस्थित भएर ह्वीप उल्लंघन गरेकामध्ये पार्टीले कारवाही गरेका १४ सांसदलाई पदमुक्त गर्न पनि रिट निवेदनमा माग गरेका छन् ।

    प्रकाशित मिति :आश्विन ५ २०७८ मंगलवार - ११:०७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij