Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

दुई महिनाभित्र होङ्सी सिमेन्टलाई विद्युत् दिइने

दुई महिनाभित्र होङ्सी सिमेन्टलाई विद्युत् दिइने


  • 3.2K
    Shares

    दुई महिनाभित्र होङ्सी सिमेन्टलाई विद्युत् दिइने
    images

    पूर्वी नवलपरासीको सर्दीमा चिनियाँ लगानीमा सञ्चालित होङ्सी सिमेन्टलाई दुई महिनाभित्रमा विद्युत् दिइने भएको छ ।

    उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गर्न लागिएको विद्युत् प्राधिकरणले जनाएको छ । 

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वैकल्पिक व्यवस्था गरेर भए पनि दुई महिनाभित्र विद्युत् आपूर्तिको प्रबन्ध मिलाइने बताएका छन् ।

    भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको बीच खण्डबाट ‘ट्यापिङ’ गरी होङ्सी सिमेन्टलाई विद्युत आपूर्ति दिन लागिएको हो । दैनिक ६ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको यो सिमेन्ट कारखानाले उत्पादन क्षमता बढाएर १२ हजार मेट्रिक टन बनाउने गरी काम सुरु गरेको छ ।

    दैनिक १२ हजार मेट्रिक टन (सिमेन्ट र क्लिंकर) उत्पादन गर्न ८० मेगावाट बिजुली चाहिने कम्पनीले जनाएको छ । कारखाना पूर्ण क्षमतामा सञ्चालन हुँदा विद्युत् प्राधिकरणलाई कम्तीमा मासिक ४५ करोड महसुल कारखानाले तिर्छ ।

    कार्यकारी निर्देशक घिसिङले सिमेन्ट कारखाना उद्योगका पदाधिकारीसँग छलफल गरेर महिनाभित्र विद्युत् आपूर्ति दिन सकिने भएकाले कारखानाले पनि त्यसैअनुसार आवश्यक तयारी गर्न आग्रह गरेको पाण्डेले बताए ।

    पाण्डेका अनुसार भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइन निर्माण कार्य अन्तिम चरणमा रहेको छ । ‘कात्तिकभित्र उद्योगलाई लाइन दिइसक्छौँ,’ पाण्डेले भने ‘विद्युत् अभावमा कारखानाको उत्पादन क्षमतालाई असर गर्दैन ।’

    ३६ अर्ब रुपैयाँ लगानीको होङ्सी सिमेन्ट कारखाना नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना हो । दुम्कीवासबाट १० किलोमिटर उत्तरमा होङ्सी सिमेन्टको कारखाना रहेको छ ।

    प्रकाशित मिति :आश्विन ५ २०७८ मंगलवार - १०:५५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij