Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

पछिल्लो २४ घण्टामा थपिए १०९५ जना कोरोना संक्रमित, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए १०९५ जना कोरोना संक्रमित, ८ जनाको मृत्यु


  • 4.6K
    Shares

    पछिल्लो २४ घण्टामा थपिए १०९५ जना कोरोना संक्रमित, ८ जनाको मृत्यु
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा १०९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८१७ नमूना परीक्षणमध्ये ९७५ पीसीआर र १२० जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

    यससँगै नेपालमा हालसम्म ८ लाख ७४ हजार ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ४८ पुगेको छ । 

    मन्त्रालयका अनुसार थप २ हजार ९५७ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ५२ हजार १७० पुगेको छ । हाल मुलुकभर २२ हजार ३२३ सक्रिय संक्रमित छन् ।

    प्रकाशित मिति :आश्विन ४ २०७८ सोमवार - १६:३४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij