Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

बुटवलका मेयर सुवेदीलाई आफ्नै कार्यकर्ताले हाने मुक्का

बुटवलका मेयर सुवेदीलाई आफ्नै कार्यकर्ताले हाने मुक्का


  • 5.9K
    Shares

    बुटवलका मेयर सुवेदीलाई आफ्नै कार्यकर्ताले हाने  मुक्का
    images

    बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई आफ्नै पार्टीका कार्यकर्ताले मुक्का प्रहार गरेका छन् ।

    बुटवल उपमहानगरपालिका ३ ज्योतिनगरमा गएको पहिरो अवलोकनका लागि जानुभएका मेयर सुवेदीमाथि अनेरास्ववियुका जिल्ला कमिटी सदस्यसमेत रहनुभएका गणेश पंगेनीले मुक्का प्रहार गरेको प्रहरीले बताएको छ ।

    पहिरो पिडितका समस्यालाई बेवास्ता गरेको र कामभन्दा अवलोकनमै ध्यान दिएको भन्दै मुक्का हानेको पंगेनीले बताउनुभएको छ । प्राविधिकसहितको टोली लिएर मेयर सुवेदी पहिरो गएको क्षेत्रमा जानुभएका बेला घटना भएको उपमहानगरपालिकाले बताएको छ । 

    गएको भदौ १३ गते पहिरो खस्दा ज्योतिनगरमा दुई दर्जन घरमा क्षति पुगेको थियो । आजको पहिरोले त्यहाँ थप नौ घरमा क्षति पुर्‍याएको छ । 

    उपमहानगरपालिकाका मेयर सुवेदी एमाले रुपन्देही जिल्ला कमिटीका अध्यक्षसमेत हुनुहुन्छ । सुवेदीमाथि मुक्का प्रहार भएको घटनाको एमाले बुटवल उपमहानगर कमिटीले निन्दा गरेको छ । 

    प्रकाशित मिति :आश्विन ४ २०७८ सोमवार - १६:०७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij