Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सभामुख र निर्वाचन आयोगविरुद्ध परेको मुद्दामा सुनुवाइ जारी

सभामुख र निर्वाचन आयोगविरुद्ध परेको मुद्दामा सुनुवाइ जारी


  • 3.5K
    Shares

    सभामुख र निर्वाचन आयोगविरुद्ध परेको मुद्दामा सुनुवाइ जारी
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासहित निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमा सोमबार ९आज० सुनुवाइ भइरहेको छ ।

    आज सर्वोच्चका न्यायाधीशद्वय दीपकुमार कार्की र डा। कुमार चुडालको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइका लागि पेसी तोकिएकोमा बहस भइरहेको हो ।

    एमाले अध्यक्ष ओलीले १४ जना सांसदहरुलाई गरिएको कारबाही सभामुखले सदर नगरेको भन्दै सभामुखविरुद्ध र तीनै सांसदहरुलाई एकीकृत समाजवादीमा जाँदा सनाखत गरिदिएको भन्दै निर्वाचन आयोगविरुद्ध रिट दायर गरेका थिए ।

    उक्त मुद्दामा गत भदौ २९ गते पनि पेशी तोकिएको थियो । तर उक्त मुद्दालाई हेर्न नभ्याइनमा राखिएकोमा आजका लागि पेसी तोकिएको हो ।

    उक्त मुद्दामा सर्वोच्चमा बहस जारी छ । जारी बहसका क्रममा अधिवक्ताहरु बाबुराम दाहाल, महेश न्यौपाने, रमेश बडाल, रविनारायण खनाल, ईश्वरी भट्टराई लगायतले १४ सांसदहरुको सनाखत गैरकानुनी रहेको बताएका छन् ।

    १४ सांसदको कारबाहीलाई सदरको मागसहित अन्तरिम आदेश जारी गर्नु पर्ने माग ओलीको रहेको छ ।

    प्रकाशित मिति :आश्विन ४ २०७८ सोमवार - १५:१६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij