Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सङ्खुवासभा सामूहिक हत्याकाण्ड : ५ जनाको संलग्नता, मुख्य योजनाकार लोकबहादुरका काका

सङ्खुवासभा सामूहिक हत्याकाण्ड : ५ जनाको संलग्नता, मुख्य योजनाकार लोकबहादुरका काका


  • 6.1K
    Shares

    सङ्खुवासभा सामूहिक हत्याकाण्ड : ५ जनाको संलग्नता, मुख्य योजनाकार लोकबहादुरका काका
    images

    सङ्खुवासभाको मादी खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ रहस्य खुलेको छ । यसअघि प्रहरीले हत्याकाण्डमा मुख्य आरोपी भन्दै लोकबहादुर कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

    तर, सो हत्याकाण्डमा अन्य चारजना आरोपीलाई पनि प्रहरीले सार्वजनिक गरेको छ । हत्याका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थप चारजनालाई सोमबार बिहान सार्वजनिक गरेको हो । हत्या घटनामा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीको संलग्नता देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    गत २१ भदौमा ८२ वर्षीया पार्वती कार्की, उनका ५५ वर्षीय छोरा तेजकुमार कार्की, ५४ वर्षीया बुहारी मनमाया कार्की, ३२ वर्षीया नातिनी बुहारी रञ्जना कार्की, आठ वर्षीय नाति दिवेन कार्की र पाँच वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।

    यसअघि पक्राउ परेका लोकबहादुरले आफूमाथि विभिन्न लाञ्छना लगाएको, हेपेकाले तेजबहादुरको हत्या गरेको र अन्यले पनि देखेकाले थप पाँचजनाको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको थियो ।

    प्रकाशित मिति :आश्विन ४ २०७८ सोमवार - १३:००:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij