Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

एमालेको अवरोधकाबीच संसदबाट पारित भयो विनियोजन विधेयक, बैठक ७ असोजसम्म स्थगित

एमालेको अवरोधकाबीच संसदबाट पारित भयो विनियोजन विधेयक, बैठक ७ असोजसम्म स्थगित


  • 4.5K
    Shares

    एमालेको अवरोधकाबीच संसदबाट पारित भयो विनियोजन विधेयक, बैठक ७ असोजसम्म स्थगित
    images

    काठमाडौं । नेकपा एकालेका सांसदहरुको नाराबाजीसहितको विरोधका बीच प्रतिनिधिसभाबाट बजेट पारित भएको छ ।

    सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस भन्ने प्रस्ताव राखेका थिए । सो प्रस्ताव बहुमतले पारित भएको हो ।

    बजेट पारित भएसँगै प्रतिनिधिसभाको बैठक असोज ७ गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक ७ असोज दिउँसो २ बजे बस्ने जानकारी दिएका हुन् ।

    बजेट पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिस्थापन विधेयक प्रमाणिकरण गर्नुपर्ने छ।

    तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले भदौ २५ गते प्रतिस्थापन विधेयक ल्याएको थियो ।

    प्रकाशित मिति :आश्विन ४ २०७८ सोमवार - १२:४६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij